वीरगन्ज सहित नेपाल वायु प्रदुषणको उच्च जोखिममा
ट्रिब्यून न्युज
वीरगन्ज, १७ चैत । वीरगन्ज सहित नेपाल वायु प्रदुषणको उच्च जोखिममा रहेको छ । केही दिनदेखि मौसमा देखिएको स्थिरताले गर्दा वायु प्रदुषणको उच्च जोखिममा नेपाल रहेको हो ।
वायु प्रदुषण मापन गर्ने आईक्यू एयरका अनुसार नेपालको काठमाडौं अहिले सबैभन्दा प्रदुषित वायु रहेको शहरको रुपमा देखाएको छ । काठमाडौंको वायु प्रदुषण २९५ एक्यूआई रहेको छ । त्यस्तै दोश्रो पाकिस्तानको लाहोर रहेको छ ।
लाहोरको १७७ एक्युआई, थाईल्याण्डको चेईङ माई १७५ एक्युआई सहित तेश्रो नम्बरमा रहेको छ । चौथो नम्बरमा चीनको वुहान, पाचौंमा भारतको दिल्ली र छैटौंमा भारतकै मुम्वई रहेका छन् । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम रहेको छ ।
देशभर डढेलोको घटनामा वृद्धि भएकोले त्यसको धुवाँले वायु प्रदुषण बढाएको वातावरणविदहरुले बताएका छन् । वीरगन्ज पनि वायु प्रदुषण्को जोखिमा रहेको छ ।