नेम्वाङको निधनको शोकमा कवि अर्जुन पराजुलीले लेखेनन् कविता

नेम्वाङको निधनको शोकमा कवि अर्जुन पराजुलीले लेखेनन् कविता

वीरगन्ज, २६ भदौ । नेपाली राजनीतिलाई सधैं झटारो हान्ने गरी अलोचनात्मक कविता लेख्दै आउनु भएका साहित्यकार अर्जुन पराजुलीले आज भने कुनै कविता लेख्नु भएको छैन । उहाँले रच्नुनभएका हरेक रचनाहरु सामाजिक सञ्जाल फेसबुकमा राख्नेगर्नुहुन्छ ।

आज पूर्व सभामुख, संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचद्र नेम्वाङको निधनको शोकमा भने कवि पराजुलीले आफ्नो फेसबुक पेजमा खाली पानामा संयोजक चिन्ह र विस्मयादिवोधक चिन्ह भएको मात्रै पाना राख्नु भएको छ ।

नेपाली राजनीतिक संस्कृतिमा मौलाउदै गएको विकृतिको चर्को आलोचना सहितको कविताहरु आउने गरेको उहाँको फेसबुक पेजमा आज भने अर्जुन पराजुली मात्रै भएको खाली पाना पोष्ट गर्नुभएको छ ।

कविताको माध्यमबाट नै नेपाली राजनीतिक परिवर्तनको साथै राजनीतिमा देखिएका विभिन्न विसंगती र विकृतिको विरोधमा उहाँले कलम चलाउदै आउनु भएको छ ।

आज (मंगलबार) भने नेपाली राजनीतिमा अत्यन्त शालिन, मृदुभाषी, मिलनसार छविका धनी व्यक्तित्व सुवास नेम्वाङको निधन भएकोले कविता नलेखेर खाली पाना मात्रै राख्नु भएको हो ।