वीरगन्जमा पहिलो पटक कोरा साइक्लिंग च्यालेञ्ज सम्पन्न
वीरगन्ज, ५ साउन । वीरगन्जमा पहिलो पटक कोरा साईक्लिङ च्यालेञ्ज आयोजना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा पनि स्वास्थ्यलाई ध्यानमा राखेर २५ जनाको सीमित सहभागितामा कार्यक्रम सफलताका साथ सम्पन्न गरेको बिरगंज साइक्लिंग क्लबका अध्य्क्ष संजय अग्रवालले जानकारी दिनुभयो ।
वीरगन्ज साइक्लिंग क्लब र नेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ़) वीरगन्जको संयुक्त आयोजनामा पहिलो पटक बिरगंजमा कोरा साईकल यात्रा शुरू भएको अध्य्क्ष संजय अग्रवालले जानकारी दिनु भयो । एनवाईईएफ वीरगन्जका अध्य्क्ष अनूप अग्रवालका अनुसार कोरा भनेको प्राय घडीको दिशामा, धार्मिक स्थलहरूको वरिपरि भक्तहरूले बनाउने परिक्रमा हो।
नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा यात्रा गरेर एक फन्को लाएका थिए । त्यही साइकल यात्रालाई कोरा भनेका थिए। त्यसैले त्यहि यात्रालाई निरन्तरता दिदैं नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो। वीरगन्जमा पहिलो पटक कोरा यात्राको शुरुवात गरिएको हो ।
वीरगन्जको घंटाघरबाट शुरु भई चिनिमिल आवास क्षेत्र हुदै बाईपास रोड, भानु चौक हुँदै रजत जयन्ति चोकबाट मकालू होटलसम्म पुगेर यात्रा टुंग्याएको अध्यक्ष अग्रवालले बताए । यात्रामा प्रदेश न २ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, वीरगन्ज भंसार विओपीका सशत्र प्रहरी निरीक्षक सुवर्ण बम ,व्यवस्थित वीरगन्ज अभियानका
दिलीप कार्की, वीरगन्ज साइक्लिंग क्लबका अध्य्क्ष संजय अग्रवाल , अनूप अग्रवाल, संदीप बनर्जी, संदीप अग्रवाल, आनंद चौधरी , हृतिक अग्रवाल, अक्षत चमरिया, बिनीत गोयल, नेहा अग्रवाल, हेमा अग्रवाल, नैंसी अग्रवाल, शालिनी अग्रवाल, सिमरन अग्रवाल, तमन्ना अग्रवाल , गरी १९ जाना पुरुष र ६ जाना महिला को सहभागिता थियो ।