रेडियो बीरगंजको २० औं बार्षिक उत्सवको अवसरमा वृहत्त रक्तदानको आयोजना गर्ने
वीरगन्ज, २२ मंसिर । वीरगन्जबाट प्रशारण हुने रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो २० औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रसारण शुरु गरेको २० वर्ष पूरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने बिहीबार साँझ रेडियो वीरगंज परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिनुभयो ।
समाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले २० औ वार्षिकोत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन कार्यकारी अध्यक्ष साहले रेडियोका श्रोता, शुभचिन्तकहरुलाई आह्वान गर्नुभएको छ ।
बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताउनुभयो । रेडियो बीरगंजसँगै संचारको क्षेत्रमा टिभी बीरगंज, रेडियो पोखरीया र मधेश प्रदेशकै प्रतिनिधित्व गर्दै मधेशदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो बीरगंजबाट शुरु भएको यात्रा अविराम रुपमा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको कार्यकारी अध्यक्ष साहले दावी गर्नुभयो ।
बार्षिकोत्सवमा यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने बाहेक सांस्कृतिक कार्यक्रम भने नगर्ने भएको छ । रेडियो वीरगन्जका पूर्व सहकर्मी तथा पत्रकार नरेश सर्राफ र मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष एवं सप्तरीका नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण वृहत्त सांस्कृतिक कार्यक्रम गर्ने रेडियो बीरगंजको योजना यस बर्षका लागि स्थगित भएको साहले बताउनु भयो । पत्रकार सम्मेलनको सहजिकरण रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गर्नु भएको थियो