नेतृत्व कुर्सीका लागि लडिरहँदा जिल्लाका नेता कार्यकर्ताहरु भने जनताको जीवन बचाउन तल्लिन

युवा नेता राजेशमान सिंह भन्नुहुन्छ, जनता रहे नेता हुने हो । जनता रोग र भोकले ज्यान गुमाईरहँदा उनीहरुलाई छोडेर राजनीति गर्न नैतिकताले दिदैन । जसलाई कुर्सीको मोह छ उसले राजनीति गरिरहोस् । महासंकटमा जनतालाई जोगाउनु नै पहिलो कर्तव्य हो ।”

नेतृत्व कुर्सीका लागि लडिरहँदा जिल्लाका नेता कार्यकर्ताहरु भने जनताको जीवन बचाउन तल्लिन

वीरगन्ज, १९ जेठ । मधेसी जनताको अधिकारका लागि भनेर आन्दोलन गरेका मधेसकेन्द्रीत दलहरु सत्ता स्वार्थका लागि लडिरहेका छन् । मधेसी जनताको हक अधिकार सुनिश्चित गर्ने भन्दै जनताको नामामा राजनीति गर्ने तत्कालिन राजपा र समाजवादी तथा हालको जनता समाजवादी पार्टीको नेतृत्वको एक घटक  यतिखेर ती नै जनताको वेवास्ता गर्दै असंवैधानिक बाटोबाट सरकारमा जान खुट्टा उचालेर बसेका छन् ।  

 तर, जनता समाजवादी पार्टीका प्रभावशाली युवा नेता राजेशमान सिंह भने अहिले वीरगन्जमा भोका नागरिकहरुलाई भोजन गराउन व्यस्त हुनुहुन्छ । तत्कालिन राजपाका महासचिव समेत रहेका जनता समाजवादी पार्टीका युवा नेता राजेशमान सिंह २८ दिनदेखि लगातार  वीरगन्जका  गरिब तथा विभिन्न र सडकमा भोकै बसेकाहरुलाई निःशुल्क भोजना गराईरहनु भएको छ ।

दोस्रो पटकको कोरोना लहरमा जारी भएको निषेधाज्ञा ले भोकै पेट बस्न बाध्य परेका गरीब निमुखा अहसायहरूको पेट भर्न  बुधबार २८औं  दिन पनि निःशुल्क भोजन गराउन व्यत्तस्त थिए । साहिब दरबार सेवा संस्था, समर्पण सेवा संस्था र स्टार मार्बल एण्ड सेनेटरी को संयुक्त सहयोगमा बीरगंज नगरीकोे विभिन्न भागमा निःशुल्क भोजन वितरण गरेको छ । निःशुल्क भोजन विनतरणमा उनी मात्रै होईन  जिल्ला तहका सबै नेता कार्यकर्ताहरु गरिब पिवपन्न लाई भोजन गराउन दैनिक जसो खटिरहेका छन् ।  सिंह शरदसिंह भण्डारी निकट मानिन्छन् ।

गएको बर्ष पहिलो कोरोना संक्रमणको लहरमा पनि उनले  गरिब विपन्न हरुलाई निःशुल्क भोजनको व्यावस्था गरेका थिए । आफ्नो राजनीति गर्ने आधारक्षेत्रका जनता महामारीको संकटमा परिरहँदा आपूm भने  स्वार्थको खेलमा नलाग्ने बताउनुभयो । उहाले भन्नुभयो,  “जनता रहे नेता हुने हो । जनता रोग र भोकले ज्यान गुमाईरहँदा उनीहरुलाई छोडेर राजनीति गर्न नैतिकताले दिदैन ।  जसलाई कुर्सीको मोह छ उसले राजनीति गरिरहोस् । महासंकटमा जनतालाई जोगाउनु नै प्रहिलो कर्तव्य हो ।”  

उहाँसगै  जिल्ला नेताहरु प्रेमबाबु पटेल, उमेशलाल सहनी , सलाउद्दीन मंसूरी , रूपेश मान सिंह , वकिल हवारी,अब्दुल कलाम मंसूरी , अफरोज आलम , राहुल तुल्स्यान, किशोर सिंह ठकुरी ,बिक्रम श्रेष्ठ ,मन्दीप ठकुरी , बिनोद बैठा, दशरथ बैठा, संजय साह, सुरेन्द्र चौरसियाराजा चौरसिया  लगायतले  निरन्तर निःशुल्क भोजन गराउदै आएका छन् ।

त्यस्तै राजेन्दै महतो निकटका युवा नेता ओमप्रकाश सर्राफ पनि कोरोना महासमारीको संकटमा परेकहाहरुको सहयोगमा जुट्नु भएको छ । दोश्रो लहरको कोरोना संक्रमण तीब्र फैलिएपछि जारी गरिएको निषेधाज्ञाका कारण समस्या परेका गरिब विपन्न हरुलाइ  दैनिक निःशुल्क खाना उपलब्ध गराउँदै आउनुभएको छ ।