नेपाल–युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्षमा वीउवा संघका गुप्ता चयन
नेपाल–युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्षमा वीउवा संघका गुप्ता चयनवीरगन्जं, ९ मङ्सिर । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ता “नेपाल–युएई बिजनेस काउन्सिल” को द्वितीय उपाध्यक्ष चयन भएका छन् ।
नेपाल–युएई बिजनेस काउन्सिलको निर्वाचन परिणाम घोषणा कार्यक्रममा इम्बेसी अफ द युएई र सिईओ क्लब ग्लोबल (नेपाल) तथा सेन्टर फर डिप्लोमेटिक डाइलगले डा. गुप्ता बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्ष चयन हुनु भएको घोषणा गरेको छ ।
नेपाल–युएई बिजनेस काउन्सिलका नवनियुक्त द्वितीय उपाध्यक्ष डा. गुप्तालाई नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सईद हमदान अल नकबीले ओहदाको प्रमाण–पत्र वितरण तथा पद र गोपनीयताको शपथ गराए । डा. गुप्ता यस अघि फ्रान्सका प्रतिष्ठित विश्वविद्यालयबाट पनि दुबईमा मानार्थ डक्टरेट उपाधीबाट सम्मानित भएका छन् ।
नेपाल–युएई बिजनेस काउन्सिलको द्वितीय उपाध्यक्षमा वीउवा सङ्घका अध्यक्ष डा. गुप्ता चयन भएकोमा वीरगन्ज उद्योग वाणिज्य संघले बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघका बरिष्ठ उपध्यक्ष अनिल कुमार अग्रवालले विज्ञप्ति जारी गर्दै गुप्ता अन्तराष्ट्रिय मञ्चमा पनि स्थापित भएकोमा वीरगन्ज क्षेत्रको उद्योग व्यावसाय क्षेत्रमा प्रतिष्ठाको उच्च भएको बताए ।
उनले अन्तर्रााष्ट्रिय स्तरमा उद्योग, व्यापार र वीउवा सङ्घको संस्थागत विकास र प्रबद्र्धन हुनेमा सङ्घका वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गरे । लामो समयदेखि उद्योग व्यावसायक्षेत्रमा क्रियाशील गुप्ता अन्तराष्ट्रिय स्तरको महत्वपूर्ण पदमा चयन भएपछि स्थानीय देखि राष्ट्रिय स्तरमा मात्रै नभई अन्तराष्ट्रिय स्तरसम्म पहिचान स्थापित गराउन सफल भएका छन् ।
यस्तै नेपाल चामल, तेल, दाल उद्योग संघले पनि गुप्तालाई बधाई ज्ञापन गरेको छ । संघका महासचिव दिपक कुमार पौडेलले बिहीबार नै विज्ञप्ति मार्फत गुप्ता “नेपाल–युएई बिजनेस काउन्सिल” को द्वितीय उपाध्यक्ष चयन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
गुप्ता आफ्नो निजी व्यवसायमा भन्दापनि देश, समाज र आर्थिक क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर सक्रिय रहेकै कारण निरन्तर सम्मानित हुदै आएका र उनको सम्मानले सिंगो संघ परिवारले गर्व गरेको महासचिव पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख गरेको छ ।