प्रभु साहको अध्यक्षतामा गठन भयो आम जनता पार्टी
वीरगन्ज, १४ पुष । रौतहटको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रभू साहले नयाँ पार्टी गठन गर्नुभएको छ । साहको अध्यक्षतामा ५१ सदस्यीय ‘आम जनता पार्टी’ घोषणा भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष साहको नेतृत्वमा ५१ सदस्यीय आम जनता पार्टी केन्द्रीइ तदर्थ समितिको घोषणा गर्नुभएको हो । पार्टीले सातवटै प्रदेशमा इन्चार्ज र अध्यक्ष तोकेको छ ।
आम जनता पार्टीको पाँचवटा जनवर्गीय संगठन पनि घोषणा गरेको छ । सातवटा प्रदेशको इन्चार्ज र अध्यक्षको जिम्मेवारी पनि तोकिएको छ । प्रदेश १ को अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रिता रामलाई तोकिएको छ । मधेसमा उपेन्द्र साह इन्चार्ज र श्रीचन मुखिया अध्यक्षको जिम्मा पाउनु भएको छ ।
बागमतीको इन्चार्जमा बद्री न्यौपाने र अध्यक्षमा नाम्गेल मोत्तानले जिम्मेवारी पाउनु भएको छ । महिला, दलित, विद्यार्थी, किसान र आईटी आर्मी गरि पाँचवटा जनवर्गी संगठनका इन्चार्ज अध्यक्षको समेत जिम्मेवारी तोकिएको छ ।
जसपाबाट निश्कासित पर्साका करिमा वेगम प्रभू साहको नयाँ पार्टीको आम महिला मोर्चाको इन्चार्ज तोकिनु भएको छ । त्यस्तै आईटी आर्मीको अध्यक्षतमा चन्द्रभूषण साह र विद्यार्थीको अध्यक्षमा विवेक साह हुनुहुन्छ भने, इन्चार्जमा उमेश कुश्वाहा रहनुभएको छ । त्यस्तै