प्याब्सनद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
वीरगन्ज, १० असार । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । वीरगन्जको गौतम माध्यामिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा मुनलाईट मावि प्रथम, जीवनज्योती मावि दोश्रो र अलपाईन मावि तेश्रो भएका छन् ।
प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने विद्यालयका विद्यार्थीहरुलाई प्रमुख अतिथि व्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले पुरस्कार प्रदान गर्नुभएको थियो । प्याब्सनमा आवद्ध पर्साका विद्यालयहरुबीच प्रतिस्पर्धा गराएर छनोट भएका अन्तिम पाँचवटा विद्यालयलाई प्रतियोगितामा छनोट गरिएको थियो ।
पाँचवटा विद्यालयबाट छनोट भएका विद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराईएको थियो । प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लामा, प्याब्सन मधेस प्र्देशका सल्लाहाकार मणी पाख्रिन, लालबहादुर पटेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगर, पर्साका संस्थापक उपाध्यक्ष जगत राई,
गौतम माध्यामिक विद्यालयका निर्देशक सोनाम लामा, सहायक प्रधानाध्यापिमका सुरक्षा पिया (लामा) प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सन वीरगन्ज महानगरका सचिव सन्नी पाख्रिनले गर्नुभएको थियो । भने स्वागत मन्तव्य गौतम माविकी सहप्राधानाध्यापिका सुरक्षा पिया (लामा) ले गर्नुभएको थियो ।
मनकामना माविमा ब्याच वितरण
वीरगन्जको भगवती टोलमा रहेको मनकामना माध्याकि विद्यालयले विद्यालयका विद्यार्थीहरुलाई ब्याच वितरण गरेको छ । विद्यालयमा विभिन्न कक्षाहरु क्याप्टेन, सहायक क्याप्टेन, प्रिफेट लगायतमा नियुक्त भएका विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक पुरन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानुले विद्यार्थीहरुलाई ब्याच वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे, पर्सा अध्यक्ष अजित भूजेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतम, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतको उपस्थिति रहेको थियो ।