तिहारको अवसरमा मस्कोट र मनाकामना स्कुलद्वारा अन्तरसदन देउसी प्रतियोगिता आयोजना
वीरगन्ज, १७ कार्तिक । दीपावली तथा तिहारको अवसरमा वीरगन्जका दुईवटा विद्यालयले अन्तर सदन देउसी प्रतियोगिताको आयोजना गरेको छ ।
तिहारमा खेलिने मौलिक तथा सांस्कृतिक देउसी भैलोको जगेर्ना गर्न र विद्यार्थीहरुलाइ पनि नेपाली सांस्कृतिक चाडहरुको बारेमा जानकारी गराउन विद्यालयहरुले अन्तर सदन देउसी भैलो प्रतियोगिताको आयोजना गरेको हो ।
वीरगन्जको वीर्तामा रहेको मस्कोट एकाडेमी र भगवती टोलमा रहेको मनकामना माविले अन्तर सदन देउसी भैलो प्रतियोगिताको आयोजना गरेको थियो । देउसी भैलोसँग दीपावली, नेपाल सम्वत र छठको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको थियो ।
मस्कोट माविमा भएको अन्तर सदन देउसी भैलो प्रतियोगितामा अन्तर सदन देउसी भैलो कार्यक्रममा ब्लु हाउसले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै रेड हाउस द्वितीय, ग्रीन हाउस तृतीय र एलो हाउसले सान्त्वना पुरस्कार पाएका छन् । त्यसगरी अन्तर सदन ग्रीटिंग कार्ड क्राफ़्ट अन्तर्गत प्री तर्फ प्रथम आरोही श्रेष्ठ, द्वितीय सिम्रन कुमारी र तृतीया जिया गुरुंग हुनु भएको छ ।
त्यस्तै जुनियरतर्फ मासुमा ख़ातुन प्रथम, शिक्षा लामा द्वितीय र नेहा कुशवाह तृतीय हुनु भएको छ । सिनियरतर्फ राज बाबू कलवार प्रथम, बिपना चौधरी द्वितीय र तृतीया संज्ञा कुमारी यादव हुनु भएको थियो ।
मस्कोट एकाडेमीका निर्देशक श्री छेडुप लामाको सभापतित्वमा र वीरगन्ज वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अथितिको रूपमा अभिभावक संघका अध्यक्ष अमर गौतम, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश गौतम,
नेशनल प्याब्सन पर्साका ज़िल्ला अध्यक्ष राम श्रेष्ठ, वडा प्रहरी कार्यलय वीर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर २ का इन्चार्ज नीरज पिठाकोटे मगर, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ, लोकतान्त्रिक समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफ़,
पत्रकार जगत राई, सन्तोष रंजितकार मुनेश लायो मगर ल गायत अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको निर्णायक मंडलमा मार्टिन मोक्तान र राजेन्द्र खड़गी हुनुहुन्थ्यो ।
स्वागत मन्तव्य स्कूलका प्रिन्सिपल अंजली श्रेष्ठले गर्नु भएको थियो भने विद्यार्थीको तर्फबाट कक्षा १० की छात्रा कृतिका गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रम संचालन वरिष्ठ शिक्षक बलराम श्रेष्ठले गर्नु भएको थियो ।
विभिन्न भाषा, धर्म, संस्कृति र रितीरिवाजको विषयमा विद्यार्थीहरुलाई परिचित गराउनका लागि र उनीहरुको प्रतिभा प्रष्फुटित गर्नका लागि कार्यक्रमको आयोजना गरेको स्कुलका निर्देशक छेडुप लामाले बताउनुभयो ।
मनकामना माविका संस्थापक निर्देशक पुरन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु रहनु भएको थियो । प्रतियोगितामा विजेता समूहलाई प्रमुख अतिथि साहले नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।