युरो एकेडेमीको बार्षिकोत्सव कार्यक्रम सम्पन्न
वीरगन्ज, ४ चैत । । युरो किड एकेडेमीको बार्षिकोत्सव शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । ९ बर्ष पूरा गरी १० औं बर्षमा प्रवेश गरेको युरो एकेडेमीले पीजीदेखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनुको साथै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिदै आईरहेको एकेडेमीका प्रिन्सिपल सानू राणाले जानकारी दिनुभयो ।
स्कुलमा अहिले कुल विद्यार्थीको संख्या १०० भन्दामाथि रहेको र आगामी दिनमा अझै धेरै गुणस्तरीय पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु खेलकुद, गायन, नृत्य, वक्र्तत्वतकला, हाजिरी जबाफ प्रतियोगिता, बुद्धिचाल खेल, चित्रकलालाई पनि समावेश गरि विद्यार्थीको रुचि अनुसारको प्रतियोगिता गर्दै अगाडि बढने पनि बताउनुभयो ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका साना बालबालिकाहरुले नृत्य प्रस्तुत गर्दै अभिभावक र उपस्थिति अतिथिहरुको मन जित्न सफल भएका थिए । त्यसैगरि अभिभावकहरु पनि आआफ्नो बच्चाहरुले गरेको नृत्य हेरेर स्कुलका सम्पुर्ण टिमलाई धन्यवाद दिएका थिए । युरो एकेडेमीका प्रिन्सिपल साना राणाको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगर पालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले कम समयमा स्कुलले अभिभावक र विद्यार्थी भाई बहिनीहरुको मन जित्न सफल भएकोमा बधाई समेत दिनु भएको थियो ।
अभिभावकहरुले पनि स्कुल प्रती देखाउनु भएको बिश्वास र भरोसालाई यश स्कुलले पनि कायम राख्न सफल रहोस भन्ने सुभ कामना दिनुभएको थियो । कार्यक्रममा वडा न.५ की महिला वडा सदस्य सन्जु दाहाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष अजित भुजेल, एकेडेमीका डाईरेक्टर राजेश जंग राणा,
महिला जागृतिका अध्यक्ष सुधा मिश्रा, लिटिल स्टार मन्टेस्वरीका प्रधानाध्यापिका सुधा तिवारी, बिरगंज बहिरा बिधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, बहिरा स्कुल व्यवस्थापन समितिको अध्यक्ष रिता क्षेत्री , सुर्योदय स्कुलका प्रधानाध्यापिका शिखा यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन स्कुलकी शिक्षिका सिद्धिका कार्कीले गर्नुभएको थियो ।