महानगरपालिकाका विद्यालयहरु बन्द नहुने 

महानगरपालिकाका विद्यालयहरु बन्द नहुने 

ट्रिब्यून न्युज 
वीरगन्ज, १७ चैत ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णयको भएपनि वीरगन्ज महानगरपालिकाले भने आफ्ना क्षेत्रभित्रका विद्यालयहरु बन्द नगर्न अनुरोध गरेको छ ।  

वायु प्रदूषण अत्यधिक भएपछि यसबाट विद्यालयका बालबालिकाहरुलाई स्वास्थयमा असर पर्न सक्ने भन्दै आजदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको थियो ।

तर, निजी विद्यालयहरुको छाता संगठन र अभिभावक संघले मन्त्रालयको निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन् । वायु प्रदुषणको जोखिम सबैतिर भएकोले विद्यालय बन्द गर्ने निर्णय गर्नु परेको सरकारले बताई रहेको छ । 

तर, विद्यालयका संचालकहरुले भने देशभर नै विद्यालय बन्द गर्नु अनुचित भनेका छन् । संघ सरकारले भनेपनि स्थानीय तहको सरकार मातहतमा शिक्षा क्षेत्र हेर्ने जिम्मेवारी रहेकोले स्थानीय तहको निर्णय अनुसार चल्ने उनीहरुको तर्क छ ।  

वीरगन्ज महानगरपालिकामा पनि होलीका कारण आजसम्म विद्यालयहरु बन्द रहेका छन् । भोलीदेखि विद्यालयहरु नियमित रुमा खुल्ने महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । जनाएको छ । 

नेपाल सरकारले १७ गते देखि २० गते सम्म वायु प्रदुषणको कारण देखाइ शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि वायु प्रदुषणको प्रभाव यसक्षेत्रमा नदेखिएको र विगतमा कोभिड–१९ का कारण विद्यालयहरु लामोसमय बन्द हुँदा शैक्षिक क्षति भएकोले स्वास्थ्यमा कुनैपनि प्रतिकुल असर नपर्ने गरी मात्रै शैक्षिक संस्थाहरु खोल्न दिने निर्णय गरेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।