स्कुल बसमा आगजनी गर्नेलाई कारवाहीको माग 

स्कुल बसमा आगजनी गर्नेलाई कारवाहीको माग 

वीरगन्ज, ६ पुष । निजी विद्यालयको छाता संगठन एन–प्याब्सन पर्साले वीरगन्ज गोल्डेन गेट स्कुलको बस आगजनी गर्ने ब्यक्ति समुहलाई  कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

एन प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले विद्यालय जस्तो शान्ति क्षेत्र र संवेदनशील क्षेत्रमा आक्रमण गर्ने आपराधिक मानसिकता भएकाहरुलाई अबिलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याइ कडा  भन्दा कडा कार्यवाही गर्नमाग गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

साथै सम्बन्धित विद्यालयलाई  क्षतिपूर्तिको व्यावस्था गरिदिन पनि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई नेशनल प्याब्सनको तर्फबाट आग्रह गरिएको  अध्यक्ष श्रेष्ठले बताउनुभयो ।