मस्कोट एकेडेमीद्वारा बार्षिक पुरस्कार वितरण 

मस्कोट एकेडेमीद्वारा बार्षिक पुरस्कार वितरण 

वीरगन्ज, २० जेठ । वीरगन्जको वीर्तामा रहेको मस्कट एकेडेमीको बार्षिक पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

एकेडेमी परिसरमा आयोजित बार्षिक पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाले विद्यार्थीहरूलाइ पुरस्कार वितरण गर्नुभयो ।

पुरस्कार वितरणपछि बोल्दै उहाले वडामा एउटा सामुदायिक र दुइवटा निजी विद्यालयले शिक्षाक्षेत्रमा पु(याएको योगदानको प्रशंसा गर्नुभयो । आफू पहिलोपटक वडामा निर्वाचित हुँदा पूर्वाधार विकासको काम गरेको बताउद‌ै दोस्रोपटक निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

मस्कोट एकेडेमीका प्रधानाध्यापक छेडुप लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० मधेस प्रदेशका इन्चार्ज निरज पिठाकोटे मगर, फोनिज पर्साका संस्थापक उपाध्यक्ष जगत राई, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाइ पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रोशनी श्रेष्ठले गर्नुभएको थियो, भने कार्यक्रममा स्वागत विद्यालयका बरिष्ठ शिक्षक बलराम श्रेष्ठले गर्नुभएको थियो ।