वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता निर्विरोध चयन
ट्रिव्यून न्युज
वीरगन्ज, १ चैत । बीरगन्ज उघोग वाणिज्य संघको अध्यक्षमा सुबोध कुमार गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ । संघको ३५ जना कार्यसमिति यसअघि निर्विरोध चयन गरेको र त्यसमध्यबाट पदाधिकारी आईतबार चयन गरेको हो ।
पदाधिकारी चयन गर्ने क्रममा अध्यक्ष पदमा सुवोध गुप्ता र महासचिवमा मनोज कुमार दास, वाणिज्य सचिवमा आशिष् लाठ, सहसचिव शुशान्त चाचान, अनोज रुगटाको बाहेक अन्यको दावी नभएपछि उहाँहरु निर्विरोध चयन हुनुभएको हो । पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा अनिल कुमार अग्रवाल चयन हुनु भएको छ । भने, द्वितीय उपाध्यक्षमा हरि प्रसाद गौतम, उद्योग सचिवमा अरविन्द अमात्य, कोषाध्यक्षमा गोविन्द साह र सहकोषाध्यक्षमा प्रेमचन्द गोयल निर्वाचित हुनुभएको छ ।
यी चार पदका लागि भने निर्वाचन नै गर्नु परेको थियो । द्वितीय उपाध्यक्षमा हरि प्रसाद गौतम र सुनिल कुमार खेतानबीच प्रतिस्पर्धा भएको थियो । जसमा गौतमलाई २६ मत र खेतानलाई ६ मत मात्रै परेको थियो । त्यस्तै, उद्योगतर्फको सचिवमा अरविन्द अमात्यलाई २२ र सुरेश रुंगटालाई ९ मत परेको थियो । कोषाध्यक्षमा गोविन्द प्रसाद शाह २ मतले विजयी भएका छन् ।
साहलाई १७ र नवनित अग्रवाललाई १५ मत परेको थियो । सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित हुनुभएको छ । उहाँको पक्षमा २७ र अर्का उम्मेदवार अंकित खेतानको पक्षमा ५ मत मात्रै परेको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बालमुकुन्द खरेलले सबैलाई निर्वाचित घोषणा गरिसएिको बताउनुभयो । नयाँ कार्यसमितिको सपथ ग्रहण भने १५ दिनपछि हुनेछ ।