नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा, १०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने 

नेपाली महिला उद्यमी सम्मेलनको तयारी पूरा, १०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने 

वीरगन्ज, ३ कार्तिक । मोफसलमै पहिलो पटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा आयोजना हुन गइरहेको सम्मेलनको तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

सम्मेलनले महिला उद्याशीलता प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्रायका साथ महिला उद्यमशीलता प्रवद्र्धन र प्रोत्साहनका लागि १० जना महिला उद्यमी र स्टार्टअपलाई सम्मानित गरिने कार्यक्रम पनि रहेको छ ।

उद्यम व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपलाई गरिने यो सम्मानबाट उद्यमशीलता प्रवद्र्धनमा प्रोत्साहन मिल्ने विश्वास लिएको नेपाली युवा उद्यमी फोरम वीरगन्जका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्यअनुसार महिला उद्यमशीलता प्रवद्र्धनका लागि सम्मेलन आयोजना गरिएको र सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरुको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

 
सम्मेलनमा १०० भन्दा बढी महिला उद्यमीको सहभागिता रहने र विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया समेत आयोजना हुनेछ ।

उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने सम्मेलन आयोजक समितिका संयोजक मनिषा सुनुवार श्रेष्ठले बताउनुभयो ।  

सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने उनको भनाई छ । उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्दछन् भने स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु सम्मेलनले बनाउने श्रेष्ठको दावी छ । 


सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा मार्फत रचनात्मक पहल गरिने आयोजकको भनाई छ । उद्यममा महिलाहरूको सक्रिय सहभागितामार्फत देशको अर्थतन्त्रमा योगदान पु¥याउने अभिप्राय लक्षित सम्मेलन रहेको जनाएको छ । 


सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्ष्यमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने आयोजकको दावी छ ।

उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुने उनीहरुको भनाई छ ।  सम्मेलनमा बुटिक, मेहन्दी, होम मेड फुड्स लगायत महिला उद्यमीले उत्पादन गरेका विविधि सामाग्रीको १० वटा स्टल राखिनेछ ।

बिक्रिका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको बस्तु वा सेवाको बारेमा जानकारी स्टलहरु मार्फत दिईने तयारी आयोजकले गरेको छ । सह आयोजक संस्था लेडीज सर्कल अफ नेपालको निर्वतमान अध्यक्ष रश्मी दासले सम्मेलनबाट संघर्ष गरेर सफल भएका महिला उद्यमीको अनुभवबाट सिक्ने अवसर मिल्ने बताउनुभयो ।