वीररगंजमा इन्स्योरेन्सकर्मीहरुको तदर्थ समिति गठन

वीररगंजमा इन्स्योरेन्सकर्मीहरुको तदर्थ समिति गठन

वीरगन्ज, २८ साउन । इन्स्योरेन्स क्लब अफ बिरगंजको दोस्रो भेलाले तदर्थ समिति गठन गरेको छ । जीमा कम्पनीहरुमा काम गर्ने कर्मचारीहरुको भेलामा बृहत छलफलद्वारा सिदार्थ इन्स्योरेसका बद्री बहादुर अधिकारीको संयोजकत्वमा एक सात सदस्यीय समिती गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा प्रिमियर इन्स्योरेन्सका शशि बिचित्र, सचिवमा नेको इन्स्योरेन्सका बिक्रम आले, सह–सचिवमा जीआइसी इन्स्योरेन्सका धन्नजय थोकर,  कोषाध्यक्षमा अजोड इन्स्योरेन्सका हुलास यादव र सदस्यहरुमा सानिमा इन्स्योरेन्सका राहुल महतो र एभरेष्ट इन्स्योरेन्सका मन्दिप प्रधान रहेका छन् ।

त्यसैगरि समितिको सल्लाहकारमा युनाइटेड इन्स्योरेन्सका धिरज शर्मा, लुम्बिनी इन्स्योरेन्सका निशान्त लामिछाने, प्रुडेन्सियल इन्स्योरेन्सका अमर बहादुर गौतम र नेशनल इन्स्योरेन्सका बिनित जयसवाल मनोनित भएका छन् । समितिले क्लबको दर्ता र निर्जीवन इन्स्योरेन्सका सबैलाइ समेटेर हक, हित र अधिकार सुनिश्चित गर्दै इन्स्योरेन्सकर्मीहरुको पहिचान र प्रतिष्ठालाइ उचाईमा पु¥याउने पार्ने कार्यमा आफुलाइ केन्द्रित गर्ने अठोट गरेका छन् ।