पत्रकारिता गर्नेहरुलाई वीरगन्ज कलेजमा न्यून शुल्कमा पढ्न पाउने 

पत्रकारिता गर्नेहरुलाई वीरगन्ज कलेजमा न्यून शुल्कमा पढ्न पाउने 

वीरगन्ज, २८ साउन । वीरगन्ज कलेजले व्यावसायिक पत्रकारिता गर्नेहरुलाई प्लस टुमा अति न्यून शुल्कमा पढाउने निर्णय गरेको छ । कलेजको बुधबार बसेको संचालक समितिको बैठकले वीरगन्जमा व्यावसायिक रुपमा पत्रकारिता गरेकाहरुलाई प्लस टुमा पढ्न चाहेमा अति न्यून शुल्क लिने निर्णय गरेको कलेजको संचालक समितिका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

उपत्यकापछि पहिलो पटक प्लस टुमा कानून र पत्रकारिताको विषय अध्ययन अध्यापन गराईने डाक्टर चौधरीले बताउनुभयो । सामाजिक सञ्जालको माध्यमहरुबाट मात्रै पत्रकारिता गर्नेहरु धेरै भएकोले पत्रकारिताको समग्र विकासका लागि कलेजले व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्न अति न्यून शुल्क निर्धारण गरेर पत्रकारिता पढाईने उहाँले बताउनुभयो ।