प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनका लागि लिजमा जग्गा उपलब्ध गराउने
वीरगन्ज । सरकारले बाराको प्रसौनीमा सञ्चालनमा ल्याउन लागिएको प्रसौनी पोलिटेक्निक इन्स्टिच्युटका लागि लिजमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
भूमि व्यावस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले बाराको प्रसौनीमा रहेको सरकारी जग्गा प्रसौनी पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनका लागि लिजमा उपलब्ध गराउने निर्णय गरेको हो ।
बाराको साविक प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा रहेको सरकारी जग्गा पोलिटेक्निक इन्स्टिच्युट निर्माण र सञ्चालनका लागि लिजमा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले प्रसौनीमा रहेको ५–०–१२ विघा सरकारी जग्गा लिजमा पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।