‘विपदको समयमा व्यावसाय निरन्तरता’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना

‘विपदको समयमा व्यावसाय निरन्तरता’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना

वीरगन्ज, २० साउन । विपदको समयमा हुने व्यावसाय जोखिम र त्यसलाई निरन्तरता दिन अपाउनुपर्ने उपायको विषयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, काठमाण्डौं, नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशको आयोजना तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा सङ्घको सभाकक्षमा आयोजना गरिएको विपदको समयमा व्यवसाय निरन्तरता व्यवस्थापन अभिमुखिकरण १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले विपदको समयमा व्यावसायमा पनि नकारात्मक प्रभाव पर्ने गरेको तितो अनुभव ताजै रहेको भन्दै जोखिमको बेला व्यावसायलाई निरन्तरता दिने उपाय खोज्नु सकारात्मक रहेको बताउनुभयो ।

उहाँले विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट कोही पनि अछुतो नरहेको व्यावसायमा पनि धक्का लाग्दा आपूर्ति श्रृंखला नै टुट्न सक्ने भएकोले व्यावसाय निरन्तरता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घ विपद व्यवस्थापन समितिका संयोजक किशोर प्रधान, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ,, सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ता, निवर्तमान अध्यक्ष गोपाल केडिया,

पूर्वअध्यक्ष  अशोककुमार टेमानी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य साथै महिला उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकद्वय अरुण श्रेष्ठ र सुरेश थापाले प्रशिक्षण दिनुभएको थियो ।