सार्वजनिक सवारीको भाडा १५ प्रतिशतले वृद्धि
काठमाडौं, २० चैत। सरकारले लामोदूरीका सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णयले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।
मन्त्रालयको निर्णय अनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।