निम्न वर्गको पहुँचमा वित्तीय साक्षरता बढाएमात्रै देशको विकास हुन्छ : प्रदेश इन्चार्ज साह
वीरगन्ज, २१ भदौ । नेकपामाओवादी केन्द्रका स्थायी कमिटि सदस्यतथाप्रदेश नम्बर २ इन्चार्ज गणेश साहलेतल्लो वर्गकानागरिकको लागिवित्तीय साक्षरताको पहुँच बढाउन आवश्यकतारहेको बताउनु भएको छ ।
नेकपामाओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन अन्तर्गतको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठनको प्रदेश २ को प्रथम महाधिवेशनको आज उदघाटन गर्दै साहले अहिलेको डिजिटल कारोबार र शाखा रहित बैंकिङ सेवा, सूचनाप्रविधिको नविनतम प्रविधिको प्रयोग र यसबाट हुने जोखिमबाट पनि सतर्क रहन जरुरी रहेको पनि बताउनुभयो ।
उहाँले सानाकिसानहरुअझै बैंक तथावित्तीय संस्थाहरुबाट ठगीमा पर्ने गरेको र चक्रवृत्ति ब्याज लगायतका विकृतिहरुलाई निरुत्साहित गर्न पनि जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको हकहित संरक्षण तथा सामाजिक सुरक्षाको कुरा कर्मचारीहरुले पनि गरिब विपन्न तथा बैंकिङ कारोबारको बारेमा वित्तीय साक्षरताको पहुँचमा भूमिका निर्वाह गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोगी बन्न अनुरोध गर्नुभयो ।
गरिब, निमुखा विपन्न समुदायहरुमा वित्तीय साक्षरता पनि कम हुने र पैसा पनि कम हुने हुँदा तल्लो तहका नागरिकलाई कसरी वित्तीय साक्षरता बढाउन सकिन्छ भन्ने विषयमा वाणिज्य बैंकमा काम गर्ने कर्मचारीहरुले ध्यानदिन जरुरी रहेको बताउनुभयो । संगठित हुने अधिकार, सामूहिक सौदाबाजीका लागि ट्रेड युनियनले दिएका अधिकारहरुको बारेमा आफ्नै क्षमता पनि बढाउनु पर्ने आजको आवश्यकता रहेको पूर्वमन्त्री साहको भनाई थियो ।
उहाँले संगठित हुँदा शिक्षित अनुसाशित र मर्यादित नहुने र सामूहिक सौदाबाजीमा जाँदा स्वार्थ हेर्ने गर्दा चुनौती रहेको बताउनुभयो । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले वाणिज्य बैंकले नेपालको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको त्यसमा कार्यरत कर्मचारी र कर्मचारीहरु आवद्ध संगठनको पनि उक्तिकै भूमिका रहेको बताउदै कर्मचारीहरुको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय बाणिज्य बैंक प्रदेश २ को प्रथम महाधिवेशनका अध्यक्ष दरो रामको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश २ सहइन्चार्ज मिन प्रसादआपागाँई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश २ इन्चार्ज सूर्यनारायण साह,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश २ का इन्चार्ज एवं प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठन प्रदेश २ का सचिव आलोक रञ्जन कर्णले गर्नुभएको थियो ।
राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठनमा नयाँ नेतृत्व
महाधिवेशनले नयाँ दरो रामको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको सचिवमा आलोक कर्ण, सञ्जय साह सहसचिव, कल्पना साह कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमन लामा लो, अभिषेक कुश्वाहा, राजन साह, अमृत चौधरी, माधव अधिकारी, प्रेम राउत, अशोक विश्वकर्मा रहेका छन् ।
रामअवतार गुप्ता र कृष्ण प्रसाद सिंखडालाई सल्लाहाकारमा चयन गरेको छ । समितिको उपाध्यक्ष अहिलेलाई रिक्त राखिएको र पछि मनोनयन गरिने नवनिर्वाचित सचिव आलोक कर्णले जानकारी दिनुभयो ।