ग्रिनसिटीद्वारा आदर्शनगरका चिया पसलमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन 

ग्रिनसिटीद्वारा आदर्शनगरका चिया पसलमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन 

वीरगन्ज, २३ कार्तिक । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रद्वारा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, बिरगंज सामुदायिक आँखा हस्पिटल बिरगंज र प्रभु हस्पिटल बिरगंजको सयुक्त आयोजनामा एवं रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्साको सहयोगमा बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित चिया पसलहरुमा निशुल्क स्वास्थ्य शिविर र निःशुल्क औषधी वितरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीको प्रमुख अतिथ्यतामा भएको निःशुल्क घुम्ती शिविरमा १२० जना महिला र १७० जना पुरुष गरी ३०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरि आवश्यक औषधि वितरण गरिएको छ ।

शिविरमा प्रभु हस्पिटल बिरगंजका हाडजोर्नी रोग विशेषज्ञ डा.अजय साह, बिरगंज सामुदायिक आँखा हस्पिटलका अप्थोल्म प्रभात चौरसिया, कुसुम मुडभरी, संजित कुमार साह लगायतले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामी, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।