सार्वजनिक यातायातमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउनुपर्ने माग
वीरगञ्ज, ६ असार । प्रभु साह नेतृत्वको आम जनता पार्टी निक विद्यालय संगठन आम विद्यार्थी मोर्चाले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट पाउनुपर्ने माग गरेको छ । संगठनले बुधबार वीरगन्जको बसपार्कमा सार्वजनिक सवारीमा भाडा छुट पाउनुपर्ने सम्बन्धमा छलफल तथा अन्तकृयाको पनि आयोजना गरेको छ ।
संगठनको गठन पश्चात पहिलो पटक केन्द्रीय स्तरको कार्यक्रम वीरगन्जमा आयोजना गरेको हो । अन्तकृयापछि भाडा छुटको माग सहितको विरोध जुलुश जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको आम विद्याथी मोर्चाका इञ्चार्ज उमेश कुश्वाहले जानकारी दिनुभयो ।
आम बिद्यार्थी मोर्चा अध्यक्ष बिबेक साह नेतृत्वमा गएको टोलीमा बिशेष उपस्तिथी आम बिद्यार्थी मोर्चा ईन्चार्ज उमेश कुशवाहा, मधेस प्रदेस ईन्चार्ज बिकास झा, सह–इन्चार्ज दिपेन्द्र साह, मधेस प्रदेस अध्यक्ष राकेश बैठा लगायतको सहभागिता रहेको थियो ।