कमल थापाद्वारा पार्टी परित्याग

कमल थापाद्वारा पार्टी परित्याग

वीरगन्ज, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नुभएको छ । गृहजिल्ला मकवानपुरको हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

आफु पार्टीमा देखिएको सैद्धान्तिक विचलन र गलत पवृत्तिको सुधार गर्दै पार्टी भित्रै बसेर संघर्ष गर्ने र पार्टी मै रम्ने उतकट चाहाना हुँदाहुँदै पनि नेतृत्वले आफ्नो कुरा नसुन्ने भएपछि पार्टी परित्याग गर्ने अप्रिय निर्णय लिनु परेको पत्रकार सम्मेलनमा वितरण गरिएको पेस विज्ञप्तिमा जनाउनु भएको छ ।

राजसंस्था र हिन्दुराष्ट्रको वकालत गर्दै आएका थापा राप्रपाको अध्यक्षतमा पराजित भएपछि राजसंस्थाको विरोधमा कडा टिप्पणीहरु गर्दै आउनु भएको छ । अध्यक्षमा राजेन्द लिङ्गदेन विजयी भएपछि राजसंस्थाको विरुद्धमा थापाले सार्वजनिक रुपमा टिप्पणी गर्दै आउनु भएको थियो ।