महोत्तरीको क्षेत्र नम्बर १ मा एमालेका महतो विजयी 

महोत्तरीको क्षेत्र नम्बर १ मा एमालेका महतो विजयी 

वीरगन्ज, ११ मंसिर । महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणी पोखरेललाई पराजित गर्दै विजयी हुनुभएको हो ।

महतोले १०३० मतान्तरले र विजयी हुनुभएको छ । नेकपा एमालेका महतोले २३ हजार ४०२ मत ल्याउनु भएको छ । भने, पोखरेलले २२ हजार ३७२  मत मात्रै पाउनु भएको छ । त्यस्तै प्रदेशसभा (१) मा क्षेत्रबाट मधेस प्रदेशसभा सदस्य कालागि ७२० मतान्तरले शारदा देवी थापा  बिजय हुनुभएको छ । मतगणनामा कहिले पोखरेल अघि कहिले महतो अघि गर्दै अन्त्यमा महतोले बाजी मारेका हुन् ।

महोत्तरी क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा भने नेकपा माओवादी केन्द्रका भरत साह विजयी हुनुभएको छ । पाखरेलको निर्वाचन क्षेत्रको प्रदेशसभाको एउटा क्षेत्रमा नेकपा माओवादीले जितेपनि प्रतिनिधिसभामा भने पोखरलेले हार व्यहोनुप¥यो । उनको हारमा पार्टीभित्रको आन्तरिक विवाद पनि मुख्य कारण बनेको छ । मधेसमा मात्रिका यादव र गिरीराजमणी पोखरेल पक्षबीचमा निकै ठूलो विवाद रहेको छ ।

उनीहरु एकअर्काकाको अस्तित्व स्वीकार्ने पक्षमा थिएनन् । महोत्तरीको प्रदेशसभा २ मा निर्वाचित भरत साह उनै मात्रिका यादव निकटका हुन् । प्रदेशसभा क्षेत्र नम्बर १ तर्फपनि पोखरेलप्रति केही नेताहरु असन्तुष्टि रहेको छ । जसका कारणले पोखरेलले हार व्यहोर्नुप¥यो ।