१६ खर्ब ४७ अर्ब ५७ करोड बजेट, स्वास्थ्य र शिक्षामा बढी केन्द्रीत 

१६ खर्ब ४७ अर्ब ५७ करोड बजेट, स्वास्थ्य र शिक्षामा बढी केन्द्रीत 

वीरगन्ज १५ जेठ । सरकारले शनिबार आगामी आर्थिक बर्ष २०७८/७९ को लागि बजेट प्रस्तुत गरेको छ छ। संसद नरहेको अवस्थामा अध्यादेश मार्फत बजेट प्रस्तुत गरेको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज सिंहदराबाट प्रस्तुत गरेको बजेटमा १६ खर्ब ४७ अर्ब ५७ करोड विनियोजित बजेटमा चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पूँजीगततर्फ ३ खर्ब ७४

अर्ब २६ करोड अर्थात २२.७ प्रतिशत, वित्तीय व्यावस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरण तर्फ विनियोजित बजेट मध्य चालू खर्चमा समानीकरण अनुदान सहित ३ खर्ब २५ अर्ब ७४ करोड अर्था ८४.२ प्रतिश र पुँजीगततर्फ ६० अर्ब ९७ करोड  अर्थात १५.८ प्रतिशत रहेको छ । 

सरकारले आगामी आर्थिक बर्षका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड व्यहोर्ने जनाएको छ । चालु, बँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा ५ अर्ब ५९ अर्ब ३० करोड अपुग हुन्छ । वित्तीय व्यावस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कूल विनियोजनमा न्यून हुने रकम मध्य वैदेशिक ऋणबाट ३ खर्ब, ९ अर्ब २९ करोड र २ अर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने जनाएको छ ।  सरकारले शनिबार प्रस्तुत गरेको बजेट २०७८ का मुख्य बुँँदाहरु :

 थलिएको अर्थत्रन्त्र उकास्न १३ अर्ब 

  • सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन
  •  स्वास्थ्यमा हालसम्मकै बढि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन
  • कृषि तथा पशुपंक्षी विकासका लागि ४५ अर्ब ९ करोड  
  • कोभिड रोकथाम र नियन्त्रणका लागि लागि ३७ अर्ब ५३ करोड 
  • विपन्न नागरिकको विभिन्न रोगको निःशुल्क उपचारका औषधि खरिदका लागि ५ अर्ब ५० करोड 
  • स्वास्थ्य वीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड 
  • बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड
  •  ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि 
  •  बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार पुग्यो
  •  काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा प्रदान गरिने
  •  स्टार्टअपलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण,सटिफिकेट धितो राखी २५ लाखसम्म दिइने
  •  निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट
  •  अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा
  • महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि 
  • मासिक न्यूनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट
  •  पहाडको बाटो ढलानमा नेपाली सिमेन्ट र फलामको प्रयोग अनिवार्य गरिने
  •  सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने
  •  रेलमार्गका लागि १० अर्ब ३ करोड विनियोजन
  •  चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट 
  •  आगामी १० बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने
  •  सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, दुई महिनाको योगदान रकम सरकारले तिर्ने
  •  कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन
  •  सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
  •  मुल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक बर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज
  •  विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी
  •  कारोबारमा आधारित कर तिर्ने सिमा बढेर ५० लाखबाट १ करोड
  •  अनुमानित करको लाग्ने सिमा २० लाखबाट बढेर ३० लाख 
  •  म्यूचुअल फण्डको आम्दानीमा कर छुट
  •  डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने 
  •  राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने त्म्क् कट्टा गर्नु नपर्ने 
  •  सांसदीय विकास पूर्वाधार साझेदारी कार्यक्रम खारेज