नौ महिनामा ७ खर्ब २९ अर्ब भित्रियो, रेमिट्यान्सकै भरमा अर्थतन्त्र
वीरगन्ज, २९ बैशाख । आयातमुखी अथतन्त्र मुलुक नेपालमा विप्रेशनको पनि मुख्य भूमिका रहेको छ । पछिल्लो केहीबर्षदेखि विप्रेशनको भरमा अर्थतन्त्र चलिरहेको छ । गतबर्षदेखि फैलिएको कोरोना महामारीको संक्रमणले विप्रेशनमा पनि केही संकुचन आउने चिन्ता भएपनि अझै देशको अर्थतन्त्रलाई विप्रेशनले नै धानीरहेको छ ।
कोरोना महामारीमा विप्रेशन घट्ने अनुमान गरिएपनि अझैपनि विप्रेशनले मुलुकको अर्थतन्त्रलाई धानेको छ । गत आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशतले बढी विप्रशेन भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेकोे थियो । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत महिनासम्ममा मुलुकमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई ८ खर्ब १४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४।७ प्रतिशतले घटेको थियो ।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो ।