प्रेस सेण्टर नेपालको १८ औं स्थापना दिवसमा अन्तरकृया सम्पन्न

प्रेस सेण्टर नेपालको १८ औं स्थापना दिवसमा अन्तरकृया सम्पन्न

वीरगन्ज, १५ माघ । प्रेस सेण्टर नेपाल पर्साले १८ औं स्थापना दिवसको अवसरमा अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा ‘ग्रामिण क्षेत्रमा सञ्चारको पहुँच र प्रभाव’ विषयमा अन्तरकृया सम्पन्न भएको हो ।

पर्साको ठोरीमा सम्पन्न अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पार्टीको प्रचार विभाग समितिका सदस्य गोविन्द देवकोटाले प्रेस सेण्टर नेपाल ग्रामीण क्षेत्रका नागरिकलाई सूसुचित गराउने पहिलो संगठन रहेको बताउनुभयो ।

उहाँले सशस्त्र जनयुद्धको समयमा ग्रामीणक्षेत्रमा हुने गरेका विकृति विसंगति र कुप्रथाहरुको अन्त्यका लागि संघर्ष गर्दै आएको र त्यहि जनयुद्धको जगबाट स्थापित संगठनले आम नागरिक र जनजीविकाको मुद्दालाई उठान गर्ने भएकोले अन्य संगठन भन्दा प्रेस सेण्टर नेपाल फरक संगठन भएको बताउनुभयो ।

प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य नीरज पिठाकोटेले प्रेस सेण्टर नेपालमा आवद्ध सञ्चारकर्मीहरु विशुद्ध व्यावसायिक र विचारबाट निर्देशित हुने भएकोले समाजलाई सही दिशामा डोयाउने काममा प्रेस सेण्टर नेपाल अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश कमिटि सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव लगायत पर्साका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रेस सेण्टर नेपालले हिजै वनभोज कार्यक्रमको पनि आयोजना गरेको थियो ।