पर्सामा दुई नगरपालिका र एक गाउँपालिका बन्यो एमालेको लाल किल्ला
वीरगन्ज, ५ जेठ । पर्साको तीनवटा स्थानीय तहमा नेकपा एमालेको लालकिल्ला बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा गुमाएको तीन स्थानमा पुनः विजय हासिल गरेको छ । पर्साको पर्सागढी नगरपालिका, पोखरिया नगरपालिका र ठोरी गाउँपालिकामा नेकपा एमालेले प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मा नै विजय हासिल गरेको हो ।
बिहीबार बिहानसम्मको अन्तिम मत परिणाम अनुसार पर्साको पोखरीया नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाइ २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित हुनुभएको हो ।
चौहानले ५५५४ मत पाउदा काँग्रेसका उम्मेदवार रौनीयारले भने ३१२१ मत पाउनु भएको छ । मेयरमा नेपाल सुशासन पार्टीका शंकर राउत अहिरले २९०९ , लोसपाका निजामुदिन समानीले २६१५ र जसपाका राजीव कुमार तेलीले ८५८ मत पाएका छन् । यस्तै उपमेयरमा पनि एमालेकै रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ , लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत ल्याउनु भएको छ ।
गोकर्णले फर्कायो पर्सागढी
नेकपा एमालले लालकिल्ला बनाएको अर्को स्थानीय तह हो पर्सागढी । यसअघिको निर्वाचनमा हार व्यहोरेको एमालेले पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा यसपटक भने जित हासिल गरेको छ ।
नेकपा एमालेका गोकर्ण पाठक नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो । पाठकले ६ हजार ६ सय २४ मत पाउनु भएको छ ।
यादवलाई ३ हजार ७ सय ३३ मत परेको छ । जनता समाजवादी पार्टी (जसपा) का सुरज कुमार मानन्धरले २ हजार ६ सय ८४ मत पाउँदा नेकपा माओवादी केन्द्रका चन्द्र भुषण सिंहले १ हजार ३ सय ७२ मत पाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीका सत्यनारायणप्रसाद दास थारुले १ हजार ३ सय ५७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मैनुरदिन मियाले ५ सय १५ मत पाएका छन् ।
नगर उपप्रमुखमा पनि नेकपा एमालेकै पुजा चौधरी निर्वाचित भएकी छिन् । पुजाले ७ हजार ६ सय १६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाएकी छिन् । जसपाकी रंजना देवी यादवले २ हजार ४ सय ५५ मत पाएकी छिन् भने नेकपा माओवादी केन्द्रकी शोभावती कुमारीले १ हजार २ सय ७४ मत पाएकी छिन् ।
वडा नम्बर १ मा नेकपा एमालेका राजकपुर खवास (७०४), २ मा एमालेकै बीरेन्द्र प्रसाद महतो थारु (८३३), ३ मा कांग्रेसका सुकमान तामांग (१३६९), ४ मा जसपाका शेष खुर्सिद मियाँ (९०९), ५ मा लोसपाका नितेश मिश्रा (६२३), ६ मा स्वतन्त्र उम्मेदवार नवलकिशोर प्रसाद कलवार (४९८), ७ मा कांग्रेसका शंकर रायभर (६२२), ८ मा कांग्रेसकै सुन्दरी देवी थरुनी (६८८) र ९ मा जसपाका रामबढाई प्रसाद यादव (६०१) मतले निर्वाचित भएका छन् ।
माओवादीबाट ठोरी खोस्यो एमालेले
नेकपा माओवादीले जित्ने आशा गरेको एउटा मात्रै स्थानीय तह ठोरी यसपटक एमालेले खोसेको छ । पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित भएका हुन् ।
निकटम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर बिजयी हुनुभएको हो । लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याउनुएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिकृष्ण श्रेष्ठले २ हजार ५ सय ४८ मत पाउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का बिष्णु लोप्चनले २ सय १२ मत पाउनु भएको छ ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी गोकुली कुमारी रेग्मी निर्वाचित भएकी हुन् । रेग्मीले लोकप्रिय मत ४ हजार २ सय ५९ मत पाउँदा तामांगले ३ हजार ४३ मत मात्रै पाउनु भएको छ । तामाङ एमाले छोडेर माओवादीमा आउनु भएको थियो ।
नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाउनु भएको छ । माओवादी केन्द छोडेर जसपाबाट उम्मेदवार बन्नु भएकी धना पण्डित १ सय ७१ मतमै सिमित हुनुभएको छ । यसअघिको निर्वाचनमा ३ वटा वडा जितेको ठोरीमा माओवादीले यसपटक एउटा वडा सुरक्षित राख्न सकेको छ । वडा नम्बर ५ का अष्ट बहादुर लोप्चनले मात्रै जित्नुभएको छ ।