भारतीय महावाणिज्यदूतावासद्वारा ‘कन्सुलर गुनासोका लागि खुला मञ्च’ को आयोजना
वीरगन्ज, १२ असार । बीरगंज स्थित भारतको महावाँणिज्य दूतावासद्वारा सातौं कन्सुलर गुनासोहरूका लागि खुला मंचको आयोजना गरेको छ । ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत, आईतबार (२६ जुन, २०२२) मा वाणिज्य दूतावास परिसरमा आयोजित कार्यक्रममा कन्सुलर जनरल नितेश कुमारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
गुनासो सुनुवाई गर्ने खुला मञ्चले नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरूको नियमित गुनासोहरू संबोधन गर्ने उद्देश्य रहेको भारतीय महावाणिज्य दूतावासले जनाएको छ । सोही क्रममा बहुराष्ट्रिय विस्कुट कम्पनी ब्रिटानिया नेपाल इन्डस्ट्रिज लिमिटेड र हुलास स्टिल्स प्राइभेट लिमिटेडमा कार्यरत भारतीयहरूले वाणिज्य दूतावासमा दर्ता र दर्ता नवीकरणका क्रममा हुने गरेको समस्या र आफ्ना गुनासोहरू राखेका थिए ।
खुला छलफलमा कन्सुलर हाउस आउने महिनाको अन्तिम शनिबार जुलाई ३० मा आयोजना गरिने जनाएको छ। महावाणिज्य दूतावासले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवन जिल्लामा कार्यरत भारतीय नागरिकलाई यथाशीघ्र वाणिज्य दूतावासमा दर्ता गराउने काम गर्दछ ।
भारतीय नागरिकलाई आईपर्ने अन्य कुनै पनि कन्सुलर सेवाहरू प्राप्त गर्न र गुनासोहरूको समाधानको लागि पनि सम्पर्क गर्न सक्ने महावाणिज्य दूतावासका जनसम्पर्क व्यक्ति चन्दन श्रीवास्तवले जानकारी दिनुभयो ।