प्रचण्ड प्रधानमन्त्री भएको खुशियालीमा पर्सा बारामा दीपावली
वीरगन्ज, १२ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भ्एको खुशीयालीमा पर्सा र बारामा दीपावली गरेका छन् । पर्साको छिपहरमाई गाउपालिका र बाराको जीतपुरसिमरा गाउँपालिकाका युवाहरूले प्रचण्ड प्रधानमन्त्री भएकोमा दीपावली सहित खुशीयाली मनाएका हुन् ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा सोमबार कार्यक्रमको आयोजना गर्दै युवाहरूले तेस्रो पटक प्रधानमन्त्री बनेको खुशियालिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई शुभकामना दिदै दीप प्रज्जवलन गरेका थिए ।
माओबादी केन्द्रका नेता शारुख मन्सुरीको अगुवाइमा भएको कार्यक्रममा कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष दाहालाई प्रधानमन्त्री बन्नमा सघाउने दलहरूलाई धन्यवाद दिदै संविधानको रक्षा सहित मुलुकलाई दिगो बिकासको बाटोमा लैजान नवगठित सरकारले महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए ।
दलित, गरिब, असहाय र बिछ्डाबर्गको हकहितको लागि लडदै माओबादिकै नेतृत्वमा संघीयता सहितको मुलुक समृद्ध हुने नेता मन्सुरिले बताउनुभयो । कार्यक्रममा स्थानीय नेताहरु शेख आरमान, हिमाञ्चल कुशवाहा, साहब जान मियाँ, रमेश चौरसिया, विश्वनाथ पटेल, लगायतको सहभागीता रहेको थियो ।
यस्तै बारामा पनि दिप प्रज्वलन गरिएको छ । बाराको जितपुरसिमरा उपमाहानगरपालिका वडा नम्बर ११ मा नेकपा माओवादी केन्द्रले आज दिप प्रज्वलन गरेको हो । तेस्रो पटक प्रधानमन्त्री भएको भन्दै वडा कमिटीले वडा नम्बर ११ को आँपगाछीमा दिप प्रज्वलन गर्दै खुशीयाली मनाएको हो । सो अवसरमा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले एक आपसमा बधाई साटासाट गरेका थिए ।