पर्सामा चट्याङ लागेर एकजना घाईते
कृष्णमोहन साह
वीरगन्ज, २० असोज । आज बिहान पानी संगै परेको च्टयाङले पर्साको जीराभवानी गाउँपालिकामा एकजना वद्धमहिला गम्भीर घाइते हुनुभएको छ । जीराभवानी गाउँपालिका वडा नम्बर २ वसन्तपुरका स्थानीय ललु बछारको श्रीमती ५२ वर्षीया नथिया देवी थरुनी घाईते हुनुभएको हो ।
घरमा सुतिरहेको बेलामा आज बिहान ३ः३० बजेको समयमा च्टयाङ लागेर थरुनी गम्भीर घाइते हुनुभएकी ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिनुभयो । घाइते थरुनीको बिरगंजको नारायणी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।
यसैबीच च्टयाङले बषन्तपुर गाउँमा रहेको विद्युतीय उपकरणमा समेत क्षति पु र्यएको छ । एक दर्जन भन्दा बढी स्थानीयको टिभी, विद्यु मिटर, फ्रीज, पंखा लगायतका सामग्री समेत जलेको प्रहरीले जनाएको छ।