वीरगन्जको गहवामाईमा चारहजार भन्दा बढी बोकाको बली

वीरगन्जको गहवामाईमा चारहजार भन्दा बढी बोकाको बली


वीरगन्ज, १७ असोज । नवरात्रको आठौँ दिन सोमबार आश्विन शुक्ल अष्टमी, वीरगन्जको गहवामाई मन्दिर लगायत देशभरका शक्तिपीठहरुमा पशुबली चढाईएको छ ।

वीरगन्जको गहवामाई मन्दिरमा हजारौं कुखुराको बली दिईयो । ४ हजार बोकाको बली दिईएको अनुमान रहेको गहवामाई मन्दिर व्यावस्थापन समितिका अध्यक्ष दिना प्रसाद गुप्ताको भनाई । देशका विभिन्न शत्तिपीठहरुमा सप्तमीको दिनदेखि नै बली चढाउने परम्परा रहँदै आएको छ ।

सप्तमीको दिन मकवानपुरको चुरियामाई मन्दिरमा बली दिने प्रचलन । अष्टमीको दिन वीरगन्जको गहवामाई र नवमीको दिन बाराको गढीमाई मन्दिरमा बली दिने परम्परा रहेको छ । वीरगन्जको गहवामाई मन्दिरमा अन्तिम समयमा सुँगुरको बली चढाईसकेपछि बली अन्त्य हुनेछ ।

वीरगन्जमा लागेको मेला पनि नवमीको बिहानसम्ममा सबै उठ्ने गरेको छ । नवमीको दिन पर्साको विन्दवासिनी र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको गढीमाई मन्दिर मेला सर्ने गरेको छ ।