शताब्दी पुरुषलाई उपराष्ट्रपति पुनद्वारा स्वास्थ्य लाभको कामना

शताब्दी पुरुषलाई उपराष्ट्रपति पुनद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्यको बारेमा जानकारी लिदैं स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।  

जोशीको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी गराउनुभयो । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,  ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ ।

पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसी भएको छु’, जोशीलाई राष्ट्र पिताको रुपमा संबोधन गर्नुहुँदै उपराष्ट्रपतिले भन्नुभयो, ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत हुनुहुन्छ ।