वीरगन्ज महानगरपालिकामा लामखुट्टे नियन्त्रण अभियान जारी 

वीरगन्ज महानगरपालिकामा लामखुट्टे नियन्त्रण अभियान जारी 

वीरगन्ज, ६ कार्तिक । वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लार्भा मार्ने अभियान सुरु गरेको छ । जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टेको संख्यामा वृद्ध भएपछि त्यसको नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले अभियान शुरु गरेको सरसफाई व्यावस्थापन शाखाका अधिकृत सर्फुद्दिन मियाँले जानकारी दिनुभयो ।

महानगर प्रमुख विजय कुमार सरावगीले यसको नियन्त्रणका लागि तत्काल विषादी छर्न निर्देशन दिएपछि महानगरपालिकाले कार्तिक २ गतेदेखि नै अभियान शुरु गरेको हो । उहाँका अनुसार कार्तिक २ गतेदेखि शुरु भएको हो ।

कार्तिक २ गते महानगरपालिकाको वडा नम्बर १ र ३, कार्तिक ३ गते वडा नम्बर २ र ४, कार्तिक ४ गते वडा नम्बर ५ र ७, कार्तिक ५ गते वडा नम्बर ६ र ८, कार्तिक ६ गते वडा नम्बर ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको उहाँले बताउनुभयो । भोली वडा नम्बर १० ब्लिचिङ पाउडर छर्ने कार्यक्रम रहेको छ ।

यसरी दैनिक रुपमा नाला र खाल्डाखुल्डीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर वडा वडामा रहने र चाडै हावामा पनि स्प्रे गर्ने तयारी रहेको सरसफाई अधिकृत मियाँले बताउनुभयो ।