सामुदायिक रेडियो नारायणी १६ औं बर्षमा प्रवेश
स्थानीय भाषा, कला, साहित्य, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनका लागि अभियान जारी रहने प्रतिवद्ध
वीरगन्ज, ४ कात्तिक । प्रदेश २ को पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम.१०३।८ मेगाहर्ज आजबाट १५ बर्ष पूरा गरी १६ बर्षमा प्रवेश गरेको छ ।
सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल ९रेस नेपाल० द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज स्थापना भएको १५ वर्ष पुरा भएर १६ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा नारायणी एफएमले आज देखि विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
नारायणी एफ।एम।का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले १६ औं बर्ष प्रवेशको सुखद घडीमा नारायणी एफएमलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पुर्याउने रेडियोका श्रोता, विज्ञापनदाता,सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक शुभकामना सहित धन्यवाद दिनु भएको छ । बार्षिकोत्सवको अवसरमा नारायणी एफ.एम.ले बिहीबार साँझ ५ बजे मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम राखेको छ ।
यस्तै कार्तिक ८ गते अन्तर एफ।एम।व्याडमिण्टन प्रतियोगिताको आयोजना गर्ने र कार्तिक १३ गते बार्षिक उत्सवको विशेष समारोहको आयोजना गरिने नारायणी एफ।एम।का कार्यकारी अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
नारायणी एम.एम. स्थानीय भाषा, कला, साहित्य, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनका लागि अभियान जारी राख्न प्रतिवद्ध रहेको पनि देवकोटाले बताउनुभयो ।