वीरगन्ज उद्योग वाणिज्य संघबाट कोभिड एक्सन टिमलाई सहयोग

वीरगन्ज उद्योग वाणिज्य संघबाट कोभिड एक्सन टिमलाई सहयोग

वीरगन्ज, २४ जेठ । वीरगन्ज उद्योग बाणिज्य संघले कोभिड एक्सन टिम पर्सालाई सहयोग गरेको छ । कोरोनाको महामारीमा सहयोग गर्दै आएको तथा निशुल्क भोजनको ब्यवस्था गर्दै आएको टिमलाई वीरगन्ज उद्योग बाणिज्य संघले नगद २५ हजार र २ हजार पिस मास्क, ५० थान सेनीटाईजर सहयोग स्वरुप प्रदान गरेको कोभिड एक्सट टिम (क्याट) का सदस्य श्याम पटेलले जानकारी दिनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, बरिस्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल लगायतको पदाधिकारीहरुको उपस्थितिमा कोभिड एक्सन टिमका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महम्द अंसारीलाई स्वास्थ्य नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेल, जनता समाजवादी पार्टीका सचिव तबरेज अहमद।

नेकपाका प्रतिनिधि संजिव मिश्रा, एकीकृत माओबादी पार्टीका प्रदेश सदस्य बाबुराम कौशिक, पत्रकार महासंघ पर्साका सदस्य अमित अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कोरोना महामारीको बेला गरिब निमुखाको लागि सहयोग गरेकोमा कोभिड एक्सन टिम पर्साको तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघलाई धन्यवाद दिएको छ ।