रोटरी क्लब अफ वीरगन्जद्वारा रेडक्रसलाई निडल कटर सहयोग
वीरगन्ज, १६ असार । रोटरी क्लब अफ वीरगन्जद्वारा नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रलाइ ३ थान निडल कटर सहयोग गरेको छ । रक्तदान कार्यमा रक्तदाताहरुको रगत संकलन गर्दा ब्लड ब्यागमा प्रयोग हुने निडिलबाट रक्तदाता रप्राबिधिकलाई समेत जोखिम हुन सक्ने भएकोले रेडक्रस रक्तसञ्चारको समन्वयमा रोटरी क्लब अफ वीरगंजद्वारा निडल कटर सहयोग गरेको हो ।
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका प्रोजेक्ट डाइरेक्टर अनिल जैसवाल सदस्य गोकुल बस्नेतद्वारा नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति एवं रक्तसञ्चार केन्द्रकी संयोजक श्रीमती मधु राणालाई ३ थान निडल कटर हस्तान्तरण गरिएको रेडक्र्स पर्साका सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।
सामाजिक कार्य एवं रक्तसञ्चार केन्द्रलाइ बिगत दिनमा पनि उल्लेखनीय सहयोग गर्दै आएकोमा क्लबलाई रेडक्रसको तर्फबाट धन्यवाद दिइएको थियो । कार्यक्रममा कार्यवाहक मन्त्री सावीर अहम्मद एराज, प्राबिधिक अधिकृत सौरभ राज पान्डेय लगायतको उपस्थिति रहेको थियो ।