नेपाल दुरसंचारको लापरवाहीले इन्टरनेट प्रयोग गर्ने ग्राहक पीडित

निजी सेवा प्रदायकहरुसँग रकम लिएर सेवा नदिएको आरोप

नेपाल दुरसंचारको लापरवाहीले इन्टरनेट प्रयोग गर्ने ग्राहक पीडित

वीरगन्ज, १८ असार । सरकारी इन्टरनेट सेवा प्रदायक नेपाल दूरसञ्चारबाट संचालित एनटीनेट फाईबरको सेवामा भएको ढिलासुस्तीले ग्राहक पीडित बनेका छन् । असार १७ गते बिहीबार वीरगन्जको घड़ीअर्वा क्षेत्रमा तानिएको फाईबर नेटको तार ट्र्याक्टरले चुडाँएर भागेपछि ग्राहकको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

ग्राहकले गुनासो गर्दा ३ दिन सम्म पनि लाइन जड़ान हुन नसक्दा ग्राहक पीडित भएका छन् । सोही स्थानमा एउटा निजी कम्पनीको पनि तार चुँडिएकोमा उसले तत्काल तार फेरेर आफ़्नो सेवा सुचारु गरेर गएपनी अहिले सम्मा नेपाल दूरसञ्चारको इन्टरनेट सेवा भने अझै दिएको छै । अझ गत बैशाख देखी नै नेटटीभीको सेवा बिस्तार गर्ने भनेर प्रचार गरेको छ ।

तर, अहिले सम्म नेटटीभी दिन सकेको छैन। घडिअर्वा क्षेत्रमा दूरसञ्चारको इन्टरनेट तीनदिनदेखि अवरुद्ध हुँदा समेत कर्मचारीहरुले कुनै सुनुवाई नै नगरेको स्थानीयवासी तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ताले बताउनुभयो ।

नयाँ इन्टरनेट सेवाहरुले धमाधम सेवामा प्रतिस्पर्धा गरिरहेको अवस्थामा नेपाल दूरसञ्चारका कर्मचारीहरुले भने निजी इन्टरनेट सेवा प्रदायकहरुसँग आर्थिक लाभ लिएर सरकारी इन्टरनेटको सेवालाई कमजोर बनाएको गुप्ताले बताउनुभयो ।

दूरसञ्चारका कर्मचारी र कार्यालय प्रमुखहरुकै कमजोरी र लापरवाही तथा नीजि इन्टरनेट कम्पनीहरुसँग आर्थिक प्रभावबाट पनि सेवा कमजोर दिएको उनीहरुको आरोप छ । वीरगन्ज घडिअर्वाकै मनोज कुमार मनोज कुमार कानुको पनि इन्टरनेट नहुँदा समस्या भएको दुखेसो छ ।