ब्यारेक भित्र नेपाली सेनाका जवानले आफैलाई गोली हाने, उपचारका लागि सेनाको अस्पताल लैजाने तयारी
वीरगन्ज, ७ असार । वीरगञ्ज स्थित नेपाली सेनाको चण्डी प्रसाद गणको ब्यारेकमा कार्यरत एक जना नेपाली सेनाका जवानले आफैलाई गोली हानेका छन्। पर्साको पोखरिया नगरपालिका –७ सतवरिया टोलका श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे आफैलाई गोली हानेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको नेपाली सेनाका श्रीपूरक ब्यारेकका गणपति कर्णेल मदनजंग राणाले जानकारी दिनुभयो । हतियार सहित डिउटीमा रहेकोले प्राविधिक त्रुटी भएर पड्किएको हुन सक्ने राणाले बताउनुभयो ।
गोली लागि घाईते भएका जवानलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि सैनिक अस्पताल काठमाडौं लैजाने तयारी गरिएको कर्णेल राणाले बताउनुभयो ।