नारायणी अस्पतालमा फेरि एक संक्रमित महिलाकाे मृत्युु

नारायणी अस्पतालमा फेरि एक संक्रमित महिलाकाे मृत्युु

वीरगन्ज, १४ बैशाख । वीरगन्जमा फेरि एक महिलाकाे काेराेना संक्रमणमका कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ कि ६५ बर्षीया महिलाकाे काेराेना संक्रमणका कारण मृत्यु भएको हाे । बैशाख १३ गते साेमबार नारायणी अस्पतालमा भर्ना गरिएको ती महिलाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा काेराेना पाेजेटिभ अाएकाे थियाे । उनकाे १४ गते मंगलबार  बिहान ३ बजे नारायणी अस्पतालमा उपचारका क्रममा मृत्युु भएको अस्पतालका काेभिड संयाेजक डाक्टर सराेजराेशन दासले जानकारी दिनुभयाे । याे सँगै मंगलबार मात्रै काेराेना संक्रमणका कारण वीरगन्जमा एकै दिन २ जनाकाे मृत्युु भएको छ ।