पोखरिया अस्पताललाई व्यवस्थित बनाउन माग गर्दै प्रदर्शन 

पोखरिया अस्पताललाई व्यवस्थित बनाउन माग गर्दै प्रदर्शन 

वीरगन्ज, १२ मंसिर । पर्साको जिल्ला अस्पतालको रुपमा रहेको पोखरिया अस्पताललाई व्यवस्थित रुपमा संचालन गर्न माग गर्दै पोखरिया अस्पताल अगाडि प्रदर्शन गरिएको छ ।

प्रदेश सरकारले पोखरिया अस्पताललाई ५० बेड घोषणा गरे पनी व्यावस्थापन नगरेको, वीमा गराएकालाई औषधि उपलब्ध नगराएको, प्रदेश सरकारले उपलब्ध गराएको उपकरण स्थानीय सरकारले संचालन गर्न सहयोग नगरेको तथा बिरामीहरूलाई भर्ना नगरेको भन्दै स्थानीय तथा प्रदेश सरकारबिरूद प्रदर्शन गरिएको हो ।

लोकतान्त्रिक समाजबादी पार्टीका नेता नेजामुद्दीन समानीको नेतृत्वमा ध्यानाकर्षण गराउन पोखरिया अस्पताल अगाडि प्रदर्शन गरिएको छ । मागलाई सम्बोधन नगरिए स्थानीय सरकार तथा प्रदेश सरकार बिरूद आन्दोलन जारि रहने पनि लोसपाका नेता नेजामुद्दीन समानीले बताउनुभयो ।