प्रधानमन्त्री केपी ओली पदमुक्त
काठमाडौं, २७ वैशाख । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुनुभएको छ।
१३६ मत पाउनुपर्ने प्रधानमन्त्री पदमा कायम रहन ओलीको प्रस्तावको पक्षमा ९३ मत परेको छ ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भए ।
प्रधानमन्त्री ओलीको विश्वासको मतको पक्षमा ९३ मत मात्रै पाउनुभएको छ । विश्वासको मत दिन्न भन्ने पक्षमा १५ मत परेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।