नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पेरिस डाँडामा जारी
वीरगन्ज, १७ साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी हेडक्वार्टर पेरिस डाँडामा जारी रहेको छ । आजदेखि बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तयार गर्नका लागि पदाधिकारीहरुको बैठक बसेको हो ।
पार्टीको केन्द्रीय समितिको बैठक आज (बुधबार) ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाईएको छ । केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखनको जिम्मा उपमहासचिव बर्षमान पुन र जनार्दन शर्मालाई दिईएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको काममा व्यस्त हुनुपर्ने भएकोले सधैं आफैले लेख्ने गरेको राजनीतिक प्रतिवेदन लेखनको जिम्मा दुई उपमहासचिवको जिम्मा लगाउनु भएको हो ।