जनप्रतिनिधिको बेवास्ताले सुखचैना टोलको सडकको दूरावस्था
वीरगन्ज, २२ भदौ । वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैना गाउँको सडकको दूरावस्थाले महानगरपालिकाको विकासलाई गिज्याइरहेको छ । त्रिभुवन राजपथसँगै टाँसिएको केडिया आँखा अस्पतालको ठिक पश्चिमपट्टी पर्ने सुखचैना टोल बीरगंज महानगर पालिका वडा १८ मा पर्छ ।
गाँउमा हाईवेबाट पस्न दुईटा बाटो छ । आँखा अस्पतालको उतरबाट र अर्को दक्षिणतर्फ आँखा अस्पतालको उतरतर्फको बाटो वीरगन्जको प्रटिष्ठित औद्योगिक समूह चाचान ग्रुप र अर्को रुंगटा समूहको उद्योगहरु रहेका छन् । बाटो नै छेकेर चौबिसै घण्टा दर्जनौ मालवाहक ट्रकहरु सडकमा राखेर अवरोध गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
कच्चि सडक बर्षामा लोड भएका ट्रकहरु आवत जावत गर्दा हिलो नै हिलो बनाउने गर्दा पैदल, साइकिल, र मोटरसाईकल जस्ता सवारीसाधनमा आवत जावत गर्न सर्वसाधारणले सक्दैनन् । सडक हिलाम्य हुने र उद्योगबाट निस्किने धेरैजसो सडेगलेको फोहरमैला र छाई सडक कै छेउ छाउमामा थुपारिकएका कारण मानवीय स्वास्थ्यका लागि प्रतिकूल रहेको सुखचैनाका शिक्षक रामेश्वर पटेलले बताउनुभयो ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले समेत अहिलेसम्म सडक निर्माण वा मर्मत सम्भारको लागि कुनै किसिमको पहल नगरेको उनीहरुको आरोप छ । सडकको दूरावस्थाबाट सृजित नारकीय वातावरणको विरुद्धमा स्थानीय बिद्रोहमा उत्रियो भने जे सुकै पनि हुन सक्ने चेतावनी समेत स्थानीयको छ । त्यसक्षेत्रमा प्रतिष्ठित उद्योग प्रतिष्ठानहरु भएपनि सडक मर्मतमा भने सहयोग नगरेको बताएका छन् ।
गाउँको सडकको अवस्थामा यस्तो हुनुमा स्थानीय गाउँलेहरु दोषी कि यी प्रतिनिधिहरु ? भनेर पटेलले प्रश्न समेत गर्नुभएको छ । स्थानीय जनप्रतिनिधिहरुलाई जति भन्दा पनि कुनै वास्ता नगरेपछि आपूmले बाध्य भएर सामाजिक सञ्जालमा आफ्नो टोलको समस्या सार्वजनिक गरेको उहाँको भनाई छ ।