वीरगन्ज कलेजले आयोजना गरेको कार्यक्रममा २० महिला सहित ७९ जनाद्वारा रक्तदान
ट्रिब्यून न्युज
वीरगन्ज, २३ चैत । वीरगन्ज कलेजले सोमबार रक्तदानको आयोजना गरेको छ । कलेज परिसरमै आयोजना गरेको रक्तदानमा २० जना महिलासहित ७९ जनाले रक्तदान गरेका छन् । कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले उदघाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि अन्सारी आफैले रक्तदान गरेर कार्यक्रमको उदघाटन गर्नुभएको हो । रक्तसञ्चार केन्द्र बीरगन्जमा रगतको अभाव भएपछि बीरगन्ज कलेजले रक्तदान गर्नेहरुमा डा. दिपेन्द्र कुमार चौधरी, रहबर अन्सारी, सुरेश चौधरी, रानी परवीन, विनिता साह, अन्तिमा सर्राफ, सनेन पटेल, रानि रौनियार, राजेश कुशवाहा लगायतका छन् ।
नेपाल रेडक्रस सोसाईटी पर्साको प्राविधीक सहयोगमा आयोजित रक्तदानमा सामाजिक उत्तरदायित्व बहन गर्दै कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको कलेजका प्रमुख विनोद गुप्ताले बताउनुभयो । कार्यक्रममा जसपाका नेता ओमप्रकाश सर्राफ, निर्देशक प्रेमचन्द्र पटेल, सुरेश चौधरी लगायतका प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
रक्तदान गर्नेहरुलाई प्रमाण पत्रप्रदान गरिएको थियो । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको कलेजका प्रबन्धनिर्देशक डा. चौधरीले बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सामाजिक उत्तरदायित्व बहनको पनि अपरिहार्यता बारे बुझाउन कार्यक्रमको आयोजना गरिएको डा.चौधरीले बताउनुभयो । कलेजले प्लस टुमा व्यवस्थापन, शिक्षा, कानुन, पत्रकारिता र स्नातकमा बिबिएस, सि.ए. तथा ए.टि. को अध्यापन गराउँदै आएको छ ।