भारतीय महावाणिज्य वीरगञ्जद्वारा आज़ादी का अमृत महोत्सव शुरु 

भारतीय महावाणिज्य वीरगञ्जद्वारा आज़ादी का अमृत महोत्सव शुरु 

वीरगन्ज, १३ चैत । वीरगन्ज स्थिति भारतीय महावाणिज्य दूतावासले आज बिहान स्वतन्त्रता  दौड संगै ‘आजादीका अमृत उत्सव’ शुरु गरेको छ । 
कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेश कुमार, पर्साका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले संयुक्त रुपमा झण्डा देखाएर दौड प्रतियोगिताको उदघाटन गर्नु भएको थियो । 

उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, डाक्टरहरू,  पत्रकार र एनजीओका सदस्यहरूको सहभागिता थियो।  वाणिज्य दूतावासका सबै सदस्यहरूले पनि उक्त कार्यक्रममा भाग लिएका थिए।  

महावाणिज्य दूतावासको मुख्य प्रवेशद्वारबाट शुरु भई करिब ४ किलोमिटरको संक्षिप्त दूरी घन्टघर– पावर हाउस चौक र वाणिज्य दूतावाससम्म पुगेर समाप्त भएको थियो ।