भिएसओ नेपाल र दिव्य युवा क्लबद्वारा मनोसामाजिक परामर्श तालिम प्रदान 

भिएसओ नेपाल र दिव्य युवा क्लबद्वारा मनोसामाजिक परामर्श तालिम प्रदान 

वीरगन्ज, १ असार । भिएसओ नेपाल र दिव्य युवा क्लबको संयुक्त आयोजनामा तीनदिने प्राथामिक उपचार तथा मनोसामाजिक परामर्श तालिम शुरु भएको छ ।

भिएसओ नेपालका कार्यक्रम संयोजक गणेश ठकुरीको अध्यक्षतामा भएको तालिमको उदघाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो ।

पर्साका विभिन्न स्थानीय तहमा गठन गरिएको बालिका समावेशी शिक्षा सञ्जालका सदस्यहरुलाई तीन दिन तालिम दिईने कार्यक्रम संयोजक गणेश ठकुरीले जानकारी दिनुभयो । 

विभिन्न ११ वटा विद्यालयमा गठन गरिएको बालिका समावेशी शिक्षा सञ्जालका सदस्यहरुलाई मनोसामाजिक परामर्श, प्राथामिक उपचार, कामकर्तव्य र अधिकार सम्बन्धी तालिम दिईएको उहाँले बताउनुभयो ।

तालिम पश्चात विभिन्न कारणले हिंसामा परेकाहरुलाई मनोसामाजिक परामर्शको माध्यमबाट हिंसा न्यूनीकरण गर्ने तालिमको उद्देश्य रहेको कार्यक्रम संयोजक ठकुरीले बताउनुभयो । तालिममा प्रशिक्षक शेखर खतिवडा र रञ्जु भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।