पर्सा सहित चार जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदै, निषेधाज्ञा सामान्य खुकुलो हुने 

पर्सा सहित चार जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदै, निषेधाज्ञा सामान्य खुकुलो हुने 

वीरगन्ज, ३० जेठ । पर्सा सहित चारवटा जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा  निषेधाज्ञा थप्ने तयारी छ । यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ । पर्सामा पनि निषेधाज्ञा थप्ने नथप्ने विषयमा आज (आईतबार) बस्ने जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको निर्णय हुने छ ।

बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा आज मध्यराति १२ बजे सकिदै छ । अहिले ११ बजे जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको बैठक बोलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । उहाँका अनुसार आज बस्ने बैठकले निषेधज्ञालाई केही मात्रामा मात्रै खुकुलो बनाउने सम्भावना छ । कृषि तथा प्रशासनिक कामहरुका लागि केही खुकुलो हुने सम्भवना रहेको तर, पूर्ण रुपमा भने निषेधाज्ञा हट्ने सम्भावना भने नरहेको उहाँको भनाई छ ।

सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ । कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन । पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार छ ।a