वीरगन्जका पाँचवटा फर्म तथा पसलहरु कारवाहीमा 

वीरगन्जका पाँचवटा फर्म तथा पसलहरु कारवाहीमा 

वीरगन्ज, २८ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साको अनुगमन टोलीले वीरगन्जका पाँचवटा फर्म तथा पसलहरुलाई कारवाही गरी जरिवाना गराएको छ ।

कार्यालयका निमित्त प्रमूख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, कँजुमर आई नेपाल, वीरगंज उधोग वाणिज्य सँघका प्रतिनिधि सहितको अनुगमन टोलीले वीरगंज बजार अनुगमन गर्दा उपभोक्ता सँरक्षण ऐन २०७५  को दफा ३८  बमोजिम कसुर गरेकोले सोही ऐनको  दफा ३९ बमोजिम पाँच वटा फर्मलाई तत्काल जरिवाना गरिएको उपभोत्ता हित संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा वीरगन्जको मिना बजारमा रहेको कोमल स्टोरले असहयोग गरेकोले २० हजार, आयुष गल्ला किराना पसल वीरगंज–११ मीनाबजार पर्साले खरिद बिल नदेखाएकोले २० हजार, राहुल एण्ड नवीन किराना  वीरगन्ज(११ मीनाबजार पर्साले खरिद बिल नदेखाएकोले २० हजार जरिवाना गरिएको सूचना अधिकारी खत्वेले बताउनुभयो ।

त्यस्तै खरिद बिल नदेखाएका न्यू अमित किराना स्टोर्स वीरगंज–११ मीनाबजार,  कन्हैया किराना वीरगन्ज ११  मीनाबजारलाई पनि २०÷२० हजार जरिवाना गरिएको छ। जरिवाना बापतको रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।